प्रेस युनियन गण्डकीको अध्यक्षमा टंकराज अधिकारी
पाेखरा | पुस २०, २०७९
पोखराः प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टंकराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनले टंकराज अधिकारीको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्ष खुल्ला तर्फ माधव रेग्मी (कास्की), उपाध्यक्ष महिलामा संगीता केशी बानिया (पर्वत ), समावेशी उपाध्यक्षमा सारदा झेडी मगर(नवलपुर) र महासचिवमा प्रकाश ढकाल (कास्की) सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको सचिव तर्फ खुल्ला नारायण रिजाल(बागलुङ), समावेशी मोहसिन अलिमियाँ (गोरखा), महिला सचिवमा अन्जना तिमल्सिना (तनहुँ) र कोषाध्यक्षमा सन्देश पौडेल (लमजुङ) निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कपिलमणी दाहालले जानकारी दिए ।
सदस्यहरुमा शंकरराज नहर्की (तनहुँ), सुवास पौडेल(कास्की), रिमा शाही (कास्की), खगेन्द्र भण्डारी (स्याङ्जा), गोविन्द लामिछाने (नवलपुर), फेमचन्द्र रोनियार (नवलपुर), देवराज पुरी (पर्वत), ऋषि बस्याल (स्याङ्जा), निरज अधिकारी (लमजुङ), पवित्रा खत्री (म्याग्दी), बुद्धि गुरुङ (मनाङ) र गीता कुमारी लामिछाने (कास्की) निवाचित भएका हुन् । बाँकी सदस्य समितिको बैठकले मनोनित गर्नेछ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

